प्रमुख समाचार
Wednesday, 30 Aug, 2023
पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
काठमाडौं–पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कार्पियो आज बिहान ढुंगासहितको सुक्खा पहिरोले पुरिएको हो।
मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। जिपमा सवार आठ जनामध्ये थप दुई जना अझै जिपभित्रै रहेको आशंका गरिएको छ।







