प्रमुख समाचार Monday, 28 Aug, 2023
Prestige Media

स्वचालित प्रणालीमा गयो सर्वोच्च अदालत

काठमाडौं– सर्वोच्च अदालतले नागरिकलाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले मुद्दाको पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि मुद्दाको पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने कार्यक्रम उद्घाटन गरेका हुन् ।

‘पहिला सर्वोच्चमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ। परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भने। यो प्रविधि सर्वोच्चको सूचना प्रविधि शाखाले बनाएको उनको भनाइ छ। प्रधानन्यायाधीश श्रेष्ठले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने दाबी गरे।

न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्न आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्था बढाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे।‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। न्यायाधीशको संख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु।’

नेपालको ३१औं प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ ४ भदौमा नियुक्त भएर ५ भदौमा पद तथा गोपनीयताको सपथ लिएका थिए।

आइतबार मात्रै न्यायालय र कानुन क्षेत्रमा कलम चलाउने पत्रकारको संस्था न्यायिक मञ्चको टोली प्रधानन्यायाधीशलाई बधाइ दिन गएका बेला उनले आजदेखि मुद्दा पेशीलाई अटोमेसन प्रणालीमा लगिने सूचना दिएका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL