प्रमुख समाचार
Sunday, 27 Aug, 2023
कांग्रेसले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार
काठमाडौं– सत्तारुढ कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।
राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।
कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियार मात्रै परेका छन् ।
लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।







