प्रमुख समाचार
Friday, 25 Aug, 2023
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ मा
प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन ११ भदौ दिउँसो ३ः०० बजे हुने जानकारी गराएका हुन्।
काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन १० भदौमा हुने भएको छ।
प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन ११ भदौ दिउँसो ३ः०० बजे हुने जानकारी गराएका हुन्।
निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ।
यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम १२ भदौमा निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराए।त्यसका लागि ८ भदौभित्र लिखित रूपमा प्रश्न दिन सकिनेछ । प्रतिनिधिसभाको बैठक १२ भदौ बिहान ११ः०० बजे बस्नेछ।