नेकपा एसको अधिवेशन आगामी माघमा
काठमाडौं– नेकपा एकीकृत समाजवादीले आगामी १४–१८ माघसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।पार्टीको छैटौं बैठक सम्पन्न गरेसँगै प्रवक्ता जगन्नाथ खतिवडाले आगामी १४ देखि १८ माघसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको बताएका हुन्।
‘आगामी माग १४ देखि १८ सम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने।बैठकले असोजमा एक महिना एकीकृत समाजवादीका मुद्दा राष्ट्रलाई सुनाउने उद्देश्यकासाथ मुलुकको रुपान्तरकारी योजना मेची महाकाली राष्ट्रिय योजना सञ्चालन गर्ने पनि निर्णय गरेको उनले बताए।
पार्टीलाई मुलुकको नेतृत्वकारी कम्युनिस्ट पार्टी बनाउन देशभर पार्टीको विस्तार गरी २०८३ को स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक तालिकामा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकले अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।







