प्रमुख समाचार Thursday, 24 Aug, 2023
Prestige Media

कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारको वैधानिकताविरुद्ध परेको रिट निवेदनमाथिको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ ।

प्रदेशसभाबाट विश्वासको मत लिँदा सभा सञ्चालन गर्ने ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको समेत हस्ताक्षर गराएको विषयलाई लिएर एमालेले सर्वोच्चमा बुधबार कोशी सरकारको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो।मुख्यमन्त्री थापाले गैरसंवैधानिक रुपमा विश्वासको मत लिएको दाबीसहित सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्न आज पेशी तोकिएको छ।

सभामुखविहीन प्रदेशसभामा ज्येष्ठ सदस्य मन्सुरीले बैठक सञ्चालन गरेका थिए। बैठक सञ्चालन गर्ने सभाध्यक्ष तटस्थ हुनुपर्ने संवैधानिक प्रावधानविपरीत थापाले प्रदेशसभामा मन्सुरीको हस्ताक्षरबाट बहुमत पाएका थिए।मुख्यमन्त्रीको कदम असंवैधानिक भएको भन्दै एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश मागेको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदस्य कांग्रेस सांसद मन्सुरीको हस्ताक्षरबाट बहुमत जुटाएका हुन्।सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा सुनुवाइ हुन लागेको हो।

कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिम्मतकुमार कार्कीले रिट दायर गरेका हुन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL