Breaking News Wednesday, 23 Aug, 2023
Prestige Media

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण स्वीकृत

काठमाडौं– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको स्वीकृति दिएको छ।संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क उड्न लागेको हो।

प्रधानमन्त्री प्रचण्ड आगामी ३० भदौमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाँदै छन्।=आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत भएको बताइन्।बैठकले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि दिने निर्णय गरेको छ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन।

यस्तै, सरकारले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।बैठकले पर्यटनमन्त्री सुदन किरातीका पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL