ललिता निवास प्रकरणमा बाबुरामले दिए बयान
काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बयान दिएका छन् । यसको जानकारी उनी आफैंले आज ट्वीमार्फत गराएका हुन् ।
उनले भनेका छन्, ’ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु।’
हालै सर्वोच्च अदालतले भट्टराईसँगै अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि यस प्रकरणमा छानबिन गर्न बाटो खुलेको थियो।







