प्रमुख समाचार Sunday, 20 Aug, 2023
Prestige Media

नेकपा एसको पोलिटब्युरो बैठकले के गर्ला निर्णय?

काठमाडौं– २ भदौ २०७८ मा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी संगठन करिब शून्य अवस्थामा पुगेको छ ।माधव नेपाल नेतृत्वको नेकपा एस कांग्रेस टेकोमा स्थानीय तहमा निर्वाचित केही मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रदेशमा केही मन्त्री र संघीय सरकारमा केही मन्त्री बन्नुबाहेक संगठनात्मक रुपमा कमजोर बन्दै गएको छ ।

नेकपा एसबाट एमालेतिर फर्किने नेता, कार्यकर्ताको ओइरो लागेपछि माधव नेपाललाई पार्टी टिकाइराख्न मुस्किल हुने संकेत देखिँदै छ ।

शनिबार तीनकुने आलोकनगरस्थित मुख्यालयमा शनिबार बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले ३–४ भदौमा पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो ।पोलिटब्युरो बैठक कम्युनिस्ट पार्टीहरुको मूल अंग हो। यसले लिने निर्णयबाटै पार्टीको राजनीतिक, सांगठनिक स्वरुपको भविष्य तय हुने मानिन्छ ।

नेकपा एसले ५–६–७ भदौमा केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको दाबी छ । उनले दाबी गरे पनि संगठनात्मक रुपमा पार्टी क्रमशः पातलिँदो छ ।

‘पोलिटब्युरो बैठक आजदेखि सुरु गरिरहेका छौं । ३–४ भदौमा केन्द्रीय पोलिटब्युरो बैठक बस्दै छ । ५, ६ र ७ मा केन्द्रीय कमिटी बैठक बस्दै छ । एजेन्डा हामीले पहिले नै तय गरेर पठाइसकेका छौं । आज र भोलिको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे खुलेर छलफल हुन्छ’, उनले भने ।

नेकपा एसले ७ भदौमा केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। केन्द्रीय कमिटी बैठकमा धेरै महत्त्वपूर्ण निर्णय र प्रस्ताव बेला पारित हुने नेता खतिवडाको दाबी छ ।

नेकपा एस आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीभित्र नेता नेपाल र सम्मानित नेता झलनाथ खनालबीच नेतृत्वको रस्साकस्सी चलिरहेको छ ।बचेखुचेका नेता, कार्यकर्तासमेत एमालेतिर प्रवेश गरिरहेका छन् । नेकपा एस गठनमा सक्रिय रहेकी रामकुमारी झाँक्रीसमेत पछिल्लो समय पार्टीप्रति विरक्तिएकी छन् ।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय लिने बताइए पनि नेकपा एसभित्रको संगठन क्रमशः पातलिँदै गएको छ ।

नेता नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा परेको देखिएको छ । संगठन शून्य हुँदै गएको अवस्थामा राजनीतिक भविष्यमाथि प्रश्नचिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा एमालेमा फर्कने लहर चलेसँगै एकीकृत समाजवादी संकटमा परेको हो ।

गत जेठमा वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा समाहित भएपछि पार्टी प्रवेशको लहर चलेको एमाले नेताहरूले बताउने गरेका छन् ।

दर्जन बढी केन्द्रीय सदस्य र करिब २० वटा जिल्ला नेताहरू एमालेमा समाहित भइसकेको नेता गोकर्ण विष्टले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL