Breaking News Thursday, 17 Aug, 2023
Prestige Media

आजदेखि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत १५ फागुनमा आदेश दिएको थियो । तर, पटक–पटक सुनुवाइका लागि पेशी चढे पनि स्थगित हुँदै आएको छ ।

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ ।सन्दीप विश्वकप छनोट खेल्न जिम्बाबे गएपछि केही समय रोकिए पनि फर्किएलगत्तै सुनुवाइ सुरु हुन लागेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको दाबीसहित गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो । गत वर्ष २० असोजमा स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलबाटै प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो।
सञ्जीवले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि गत वर्षको २८ पुसमा २० लाख धरौटीमा रिहा भएका थिए ।

विदेश जान नपाउनेलगायत सर्त राखेर उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी पछि उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा गएका थिए ।

सर्वोच्चले १५ फागुनमा उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL