प्रमुख समाचार
Wednesday, 16 Aug, 2023
सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुग्यो
काठमाडौं– सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
पछिल्लो पटक मंगलबार पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ छन् । चीन जान लागेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
३ साउनमा एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयबाट भन्सार जाँचपाससमेत भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
त्यसपछि यो प्रकरणमा थप व्यक्ति पक्राउ पर्ने क्रम जारी छ । १० केजी भनिएको सुन गाल्दा ६० केजीमा झरेको छ ।







