प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध
काठमाडौं– सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गराएको छ।
एमाले सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराए।
त्यसपछि सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमाले सांसदले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको हो।
बैठकको सुरुमा कांग्रेस सांसद डा. सुिनल शर्माले आफ्नो रिहाइका लागि आवाज उठाउने सांसदलाई धन्यवाद दिए। संसद्लाई जानकारी नदिई बिनापुर्जी पक्राउ गरेर लगेको र हिरासतमा दुव्र्यवहार गरेको भन्दै आमरण अनशन बस्ने चेतावनी उनले दिए। प्रतिनिधिसभाको अर्काे बैठक आगामी ३ भदौ आइतबार १ बजे बस्नेछ।







