Breaking News Friday, 11 Aug, 2023
Prestige Media

एमाले अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ।सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद्मा आज पनि अवरोध कायम राखेको हो।

एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले नियमित कार्यसूची हटाएर बैठक स्थगित गरे। प्रतिनिधिसभाको बैठक २९ साउन सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।आजको बैठकको सुरुमै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए। सांसद साहले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरिन्। उनले उच्चस्तरीय समिति नबनेसम्म एमालेको अवरोध कायमै रहने बताइन्।

उनी बोलिरहँदा अन्य सांसदले होहल्ला गरिरहेका थिए। एमाले सांसद साहले कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेकामा आपत्ति जनाइन्। उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो? कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ। यसमा आपत्ति जनाउँछु।’

ज्वालाकुमारीले बोलेको केही नसुनिएको, नबुझिएको भन्दै सभामुखले बस्न आग्रह गरे। उनी बसिसकेपछि एमाले सांसदले नाराबाजी सुरु गरे। नाराबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरे।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL