Breaking News
Thursday, 10 Aug, 2023
कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै
काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बोलाएका छन् । देउवाले अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा १० साउनदेखि प्रतिपक्ष एमालेले अवरुद्ध गर्दै संसद् बैठक, समसामयिक राजनीतिक गतिविधिलगायत विषयमा छलफल हुने कांग्रेसले बताएको छ ।कांग्रेस संसदीय दल कार्यसमितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ रहेका छन् ।
सुन तस्करीबारे संसदीय छानबिन माग गर्दै एमालेले संसद् अवरोध गरिरहेका बेला देउवाले संसदीय दलको कार्यसमिति बैठक बोलाएका हुन् ।







