Breaking News Tuesday, 8 Aug, 2023
Prestige Media

सदन खुलाउन सभामुखसहित शीर्ष नेताको छलफल

काठमाडौं– लगातार अवरुद्ध हुँदै आएको संसद् बैठक खुलाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

सुन प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।१० साउनदेखि संघीय संसद्का दुवै सदन निरन्तर अवरुद्ध छन् । प्रतिनिधिसभाका तीन वटा बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

अवरुद्ध सदन खुलाउने विषयमा सोमबार पनि सभामुख घिमिरेको पहलमा दुई पटक बैठक बसे पनि निष्कर्ष निस्कन सकेन ।

‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । सांसदहरूले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधिकतम रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु,’ सोमबार सभामुख देवराज घिमिरेले भनेका थिए ।

दलहरूको एकता र सहकार्यकै निम्ति आफूले सूचना टाँसेर पटक–पटक बैठक स्थगित गरेको उनले बताएका थिए।सोमबारको बैठकमा सरकार पक्षले केही समय मागेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL