प्रमुख समाचार
Monday, 7 Aug, 2023
वेदुराम भुसाललाई नेकपा एसको कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं– सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष वेदुराम भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।पार्टी अध्यक्ष माधवकुमार नेपाल पार्टी कामको सिलसिलामा युरोप उडेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिइएको हो ।

आज बिहान जेनेभा उडेका नेपाल आगामी १ भदौमा काठमाडौं आउनेछन्। उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।







