Breaking News Sunday, 6 Aug, 2023
Prestige Media

विश्वम्भरप्रसाद श्रेष्ठ बने कामु प्रधानन्यायाधीश

यसअघिका प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण २० साउनदेखि अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्।

काठमाडौं– आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन् ।

यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते शनिबारदेखि अनिवार्य अवकाशमा गएकाले वरिष्ठतम न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वतः न्यायपालिकाको नेतृत्व पाएका हुन् ।

संवैधानिक परिषद्बाट संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरे पनि उनको नियुक्ति प्रक्रिया पूरा भएको छैन ।यसअघिका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ८ महिना कामु प्रधानन्यायाधीश बनेका थिए । उनी १ असारमा प्रधानन्यायाधीश नियुक्त भएर २० साउनमा अवकाशमा गएका हुन् ।संवैधानिक परिषद्को बिहीबारको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले सुनुवाई पूरा गरी नियुक्तिका लागि अनुमोदन गरे श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गरी शपथ गराउनेछन् । प्रधानन्यायाधीश भएमा श्रेष्ठ आगामी २०८१ असोजसम्म प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनेछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL