Breaking News
Wednesday, 19 Jul, 2023
ओली कम्बोडिया प्रस्थान, एमालेको कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।

कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई र संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत सहभागी छन्। अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।







