प्रमुख समाचार Sunday, 16 Jul, 2023
Prestige Media

१९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्।राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्।

प्रधानाध्यापकहरूले सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ।’सहमति विपरीतको सरूवा सजाय हो भन्ने महसुस गरी यो अन्यौलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा उल्लेख छ।

स्कुलको गुणस्तर सुधारका नाममा गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकको सरूवा गर्न खोजेपछि सामूहिक राजीनामा दिन बाध्य भएको एक प्रधानाध्यापकले बताए। उनका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन्। 

यता मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरूवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए।उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।

‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं। प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरूवा हुनुहोस् भनेका हौं। उहाँहरूले नमानेपछि हामीले सरूवा गर्न खोजेका हौं,’ अध्यक्ष कालाखेतीले भने।

पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार रूपैयाँ पुर्‍याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए।

‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं। तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौं,’ अध्यक्ष कालाखेतीले भने।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL