प्रमुख समाचार
Friday, 14 Jul, 2023
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ ।
नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।







