विवेकशील साझाले पार्टी कार्यालयमा सार्वजनिक गर्यो साँस्कृतिक मानचित्र
काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ।
पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ।भारतले अखण्ड भारतको नाम दिएर नेपालको भूगोल समेटेर नयाँ संसद भवनमा नक्सा राखेपछि विवेकशील साझाले सांस्कृतिक मानचित्रको नक्सा पार्टी कार्यालयमा राखेको अध्यक्ष समीक्षा बाँसकोटाले जानकारी दिइन् ।
नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने उनको भनाइ छ । राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सेनाको मुख्यालय लगायतमा सांस्कृतिक मानचित्रको नक्सा राख्न दबाब दिने बाँस्कोटाले बताइन् ।
भारतले नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भू-भागलाई समेत राखेर ‘अखण्ड भारत’को नयाँ नक्सा राखेको थियो। यसप्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोटसमेत नपठाएको विवेकशील साझाको भनाइ छ।







