प्रमुख समाचार
Thursday, 29 Jun, 2023
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले कैही दिनअघि चीन भ्रमणका क्रममा भएका भेटवार्ता र कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको तिमिल्सिनाको सचिवालयले बताएको छ।
भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ।







