Breaking News
Tuesday, 27 Jun, 2023
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
ललिता निवास प्रकरणका आरोपित गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ
काठमाडौं ।भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा गुरुङ विगतदेखि नै विवादित रहेका थिए । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए । यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो ।








