प्रमुख समाचार
Monday, 26 Jun, 2023
मेयर बालेनविरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।
न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो । महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।
शुक्रबार दर्ता भएको उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो । न्यायाधीश ढुंगानाकै इजलासमा आइतबार पनि पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याउने’मा परेको थियो ।







