Breaking News
Thursday, 22 Jun, 2023
अनीलकेशरी शाह रास्वपामा प्रवेश,प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बनेका छन्।

उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।
शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।







