Breaking News
Thursday, 22 Jun, 2023
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ।

बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समय आन्दोलनका उपलब्धीको रक्षाका लागि माओवादी घटकबीच एकताका लागि छलफल अगाडि बढेको बताइएको छ।







