Breaking News
Thursday, 15 Jun, 2023
वैरागी बने राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजसम्म थियो।उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ।
बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।







