Breaking News
Tuesday, 13 Jun, 2023
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।
यसबारे राष्ट्रपति कार्यालय र गंगालाल अस्पतालले औपचारिक जानकारी दिएका छैनन्।







