Breaking News
Sunday, 28 May, 2023
अर्को जनयुद्धलाई निम्ता नदिन अमरेशको चेतावनी
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन चेतावनी दिएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा पुनः सशस्त्र संघर्ष सुरु हुनसक्ने तर्फ सचेत गराएका हुन् ।
उनले संसदीय समितिहरूमा सबैको प्रतिनिधित्व नगरिएकोमा आपत्ति जनाए । ‘समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्छ, त्यो हुन सकेन,’ सिंहले भने, ‘म यसको घोर भर्त्सना गर्दछु ।’
उनले भने, ‘देशको ऐनाको राष्ट्रपति हो, राष्ट्रिय सभा र संसद्का सभामुख हो, प्रधानमन्त्री हो, राष्ट्र बैंकका गभर्नर, सेना, प्रहरीका प्रमुख हुन् । तर त्यहाँ हेर्नुहोस् कुन समुदायको प्रतिनिधित्व हुँदैछ । यही समावेशी सिद्धान्त हो ? यो त ठगी हो ।’







