Breaking News
Sunday, 14 May, 2023
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।छलफल संसद्मा विधाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ ।








