प्रमुख समाचार
Sunday, 7 May, 2023
पार्टीको नीति विपरीत बोल्नेलाई कारवाही गर्ने एकीकृत समाजवादीको चेतावनी
। नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरुलाई आग्रह गरेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।
‘यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन,’ अनुशासन आयोगका अध्यक्ष डा. शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुर्धानका लागि सचेत गराइन्छ ।’








