Breaking News
Sunday, 30 Apr, 2023
निरु आचार्यको हत्यामा संलग्न आरोपित सार्वजनिक
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्त विकलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ ।निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन्,’ ब्युरोका एसएसपी दिनेश आचार्यले भने,‘हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका रहेछन्।’
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।








