Breaking News
Thursday, 27 Apr, 2023
महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका छन्।शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने उनले बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका छन्।
यसअघि मंगलबार पुनले आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई बुझाएका थिए।








