Breaking News
Tuesday, 25 Apr, 2023
स्वर्णिमलाई गोविन्दले माला लगाइदिएर दिए बधाई
प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तगर्तत तनहुँ १ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका हुन्।
रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।आज बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ।
मंगलबार बिहान सामाजिक सञ्लमार्फत् वाग्लेलाई बधाई दिँदै भट्टराईले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका थिए ।







