प्रमुख समाचार
Monday, 24 Apr, 2023
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ।
भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ।
चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।







