प्रमुख समाचार
Sunday, 23 Apr, 2023
त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या, उडान-अवतरण बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्याका आएसँगै उडान प्रभावित भएको छ।विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको हो।
कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।
टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।







