Breaking News
Friday, 21 Apr, 2023
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन भनेको हो ।
मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् । न्यायाधीश राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् । सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।
सिंहदरबारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन शाहले घोषणा गरेका थिए ।त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।










