प्रमुख समाचार
Monday, 17 Apr, 2023
नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई भारतीय विदेश मन्त्रीले दिए बधाई
काठमाडौँ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदलाई भारतका विदेश मन्त्री एस.जयशंकरले शुभकामना तथा बधाई दिएका छन् ।
पदभार ग्रहण गरेपछि भारतीय विदेश मन्त्री जयशंकरले बधाई दिएका हुन् । उनले दुई देशको बहुआयामिक साझेदारीलाई बलियो बनाउन मिलेर काम गर्न तत्पर्य रहेको बताएका छन् ।







