प्रमुख समाचार
Monday, 17 Apr, 2023
रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।
लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका-११ को ३ तले घरको छतबाट खसेर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।







