Breaking News
Sunday, 16 Apr, 2023
परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद परराष्ट्र मन्त्री नियुक्त भएका छन् ।आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।
शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उपस्थित थिए।
साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो।
यस्तै भौतिक पूर्वाधार राज्यमन्त्रीका रूपमा नन्दा चपाईंले पनि पद तथा गोपनीयताको शपथ लिएकी छन् ।








