प्रमुख समाचार
Monday, 10 Apr, 2023
दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे रास्वपाका प्रमुख सचेतकले संसदमा मागे माफी
रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन्।‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने।सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको र अडियोबारे ढाकाप्रसादलाई २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी गराए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।







