प्रमुख समाचार
Thursday, 30 Mar, 2023
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् ।लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ।
‘हामीले शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने।
भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए।







