प्रमुख समाचार
Wednesday, 29 Mar, 2023
मेरो नेतृत्वको सरकार पाँचै वर्षसम्म जान्छ: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने दाबी गरेका छन् ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म सरकार परिवर्तन नभएको र आगामी पाँच वर्षसम्म पनि आफू नेतृत्वकै सरकारले निरन्तरता पाउने विश्वास रहेको बताएका हुन्।
‘स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन गर्यौं। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।







