Breaking News
Tuesday, 28 Mar, 2023
मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारसँग मधेशी आयोगको आग्रह
काठमाडौ । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ ।
मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेको हो ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…राज्यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई राज्यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ ।’








