Breaking News
Sunday, 26 Mar, 2023
कांग्रेसका चौधरीले गरे लुम्बिनी प्रदेश मुख्यमन्त्रीको दाबी
बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्।
उनलाई मुख्यमन्त्री बनाउन ९ दलका ५३ जना सांसदले समर्थन गरेका छन्।यसअघि आजै मात्र मुख्यमन्त्री लीला गिरीको सरकारमा रहेका माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए।
उनीहरूले समर्थन फिर्ता लिएलगत्तै कांग्रेस सांसद चौधरी मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पुगेका छन्।उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।








