Breaking News
Friday, 24 Mar, 2023
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् ।विपक्षमा १७ मत मात्रै र ७ जना सांसद भने तटस्थ बसेका छन्।
राप्रपाले सरकार छाडेपछि उनले विश्वासको मत लिएका हुन्। साथै आजै नेकपा एमाले पनि सरकारबाट बाहिरिएको छ।
बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका थिए।







