Breaking News
Wednesday, 22 Mar, 2023
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न दमक पुगे राप्रपाका शीर्ष नेताहरु
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु बुधबार झापाको दमक पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । शाहलाई भेट्न अध्यक्ष लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका हुन् ।
बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए ।







