Breaking News
Monday, 20 Mar, 2023
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
यादव गत चैत ३ गते जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेर उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।







