Breaking News
Sunday, 19 Mar, 2023
कोशी प्रदेशको पुन: नामकरण माग गर्दै विराटनगरमा वृहत प्रदर्शन
विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा आइतबार प्रदर्शन भएको छ । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन्।
फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो। लगत्तै पुनः नामाकन गर्नुपर्ने मागसहित आन्दोलन सुरू भएको छ।







