Breaking News
Tuesday, 14 Mar, 2023
विपक्षी दलको नेताको मान्यता दिन एमालेले लेख्यो संसद सचिवालयलाई पत्र
। नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ ।
एमालेले संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन आग्रह गर्दै संसद सचिवालयलाई पत्र लेखेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधि सभाको विपक्षी दलको नेता भएको एमालेको दाबी छ । फागुन १५ गते बसेको एमाले सचिवालयको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।







